play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पाँच वर्षभित्र मुलुकको कायापलट गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

0

चैत ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताएका छन् ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने उद्घोष गरे ।मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै उनले मतभेदलाई बिर्सेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह गरे ।
मुलुक लामो द्वन्द्वबाट शान्तिमा प्रवेश गरेकाले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।प्रधानमन्त्री ओलीले नेपालमा शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गरे । देशलाई सर्वोपरी राखेर जनताको हितमा काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई समयसापेक्ष परिवर्तन गरेर लैजाने सरकारको लक्ष्य रहेको बताए ।यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई आधुनिकीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन निर्धारित् समयभन्दा ६ महिनाअगाडि नै तयार भएको जनाइएको छ ।प्रशिक्षण भवन ३१८ रोपनी क्षेत्रफलमा बनेको छ ।

Share.

Leave A Reply