चैत ५ । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् ।आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६ प्रतिशत मत ल्याएर अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन ९सिपीआरएफ०का उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।तर, मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई भने चुनावमा भाग लिनबाट रोक लगाइएको थियो ।पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् ।सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए ।सन् १९९९ मा कार्यवाहक राष्ट्रपति पद सम्हालेका पुटिन त्यसयता लगातार शक्तिमा रहँदै आएका छन् । उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २००४ मा दोस्रो पटक निर्वाचित भए ।
पुटिन चौथो पटक रुसि राष्ट्रपतिमा निर्वाचित
0
Share.