play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा,व्यवस्थित, मर्या्दित र अनुशासित रुपमा आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल

0

चैत ४- राष्ट्रिय परीक्षा बोर्डले चैत ८ गतेबाट संचालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्या्दित र अनुशासित रुपमा संचालन गर्न स्थानीय, प्रादेशिक तथा संघीय तह र पदाधिकारीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ ।बोर्डले आज पत्रकार सम्मेलन गरि विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल र शिक्षकलगायत एसईई परीक्षासंग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसँग सहयोगको अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसईईका लागि आवश्यक प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री सम्बन्धित जिल्ला र परीक्षा केन्द्रसम्म पुर्याइसकिएको जानकारी दिनु भयो ।
यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसारको प्रश्नपत्रका आधारमा परीक्षा संचालन हुनेछ । अनुत्तिर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा सी ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षासमेत र ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।एसईईमा सम्मिलित हुने ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्रमा १९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरिक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित हुनेछन् ।

Share.

Leave A Reply