४ चैत, एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ६ अर्ब ६६ करोड रुपैयाँले शोधानान्तर घाटा रहेको भए पनि माघमा घाटा बढेर १८ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।विदेशी संस्थाले लाभांश लैजाँदा र व्यापार घाटा बढेकोले मुलुकको घाटा बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी कम्पनीले ३८ अर्ब ३६ करोड रुपैयाँ लाभांशको रुपमा लगेको छ । एनसेलले नै यति रकम लाभांशको रुपमा लगेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
भारतको नीतिले नेपालमा प्रभाव
त्यस्तै, व्यापार घाटा पनि ६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । भारतसँगको व्यापार घाटा ४ खर्ब ५ अर्ब रुपैयाँ पुगेको हो । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धिले पनि व्यापार घाटा चुलिएको हो । लगभग १३ प्रतिशतले कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।भारततर्फबाट मात्र आयात १९ प्रतिशतले बढेको छ । नेपालबाट भारत तर्फको निर्यात साढे चार प्रतिशतले घटेको छ । भारतले बजेटमार्फत अाफ्नो देशमा अायात हुने जुत्ता तथा जुत्ता बनाउन प्रयोग हुने सामग्री, पश्मिनाको आयातमा भन्सार दर बढाएको थियो । यसको सीधा असर नेपालबाट त्यहा हुने जुत्ता निर्यातमा परेको छ ।जुत्ता तथा जुत्ता बनाउन प्रयोग हुने सामग्रीको निर्यात १५ प्रतिशतको घटेको हो । नेपालबाट भारत जाने पस्मिना लगायतका रेडिमेट गार्मेन्टमा ३६ प्रतिशतले गिरावट भएको छ । जुसको निर्यात पनि ८६ प्रतिशतले घटेको छ ।भारतको बजेटले सिल्क र फेब्रिकको आयातमा भन्सार १० प्रतिशतबाट बढाएर २० पुर्याएको छ । यस्तै, जुत्ताचप्पलको भन्सार दर १० बाट बढाएर २०, जुसको १० देखि ३० रहेकामा बढाएर ३५ देखि ५० प्रतिशत पुर्याइएको छ । यसले नेपालको भारतसँगको ब्यापार घाटा थप चुलिएको हो ।
एनसेलले नेपालबाट लाभांश लैजाँदा मुलुक १८ अर्बले घाटामा
0
Share.