play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

मन्त्री तथा उच्च प्रशासकहरुलाई भेला गरेर प्रधानमन्त्रीले दिए कडा निर्देशन

0

चैत ४ । मन्त्रिपरिषद विस्तारलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा उच्च प्रशासकहरुलाई भेला गरेर सामूहिक रुपमा कडा निर्देशन दिएका छन् ।नवनियुक्त मन्त्रीहरु, मूख्य सविच र सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एकै ठाउँ भेला गरेर प्रधानमन्त्री ओलीले देश र जनतका काम गर्न नखोज्ने र लामो हात गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।जिम्मेवारी पन्छाउने, झारा टार्ने र परिणाम दिन नसक्नेहरुप्रति कडा रुपमा प्रस्तुत हुने सन्देश दिंदै उनले आफ्नो सरकारलाई असफल हुने छुट नरहेको कुरा पटक पटक दोहोर्‍याएको सहभागीहरुले बताएका छन् ।सुशासन, शान्ति सुरक्षा र विकास निर्माणका कामममा आफूले कसैसँग सम्झौता नगर्ने भन्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न थोपा–थोपा शक्ति खर्चिएर काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता, अपारदर्शी कार्यमा समेत भ्रष्टाचार कर्तव्यबाट च्यूत हुने, अनियमतता बहानाबाजी गर्ने, जनताको सेवाबाट च्यूत हुने कार्य कदापि पनि स्वीकार्य नहुने प्रष्ट पारे ।प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दिगो विकास लक्ष्य र संविधानमा उल्लेख मौलिक हक पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा लाग्न समेत निर्देशन दिएका थिए ।

Share.

Leave A Reply