play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

माडीमा प्रथम मेयर कप नकाउट फूटबल प्रतियोगिता हुने

0

चैत ४, नगर खेलकुद बिकाश समिति माडीनगरपालिका र बसन्तपुर युनाईटेड कल्ब बसन्तपुरको सयुक्त आयोजनामा प्रथम मेयर कप नकाउट फूटबल प्रतियोगिता २०७५ हुने भएको छ । झन्डै ६ लाखको लागतमा नया बर्ष २०७५ को अवसर पारि बसन्तपुरको खुल्ला चौरमा प्रथम मेयर कप फूटबल प्रतियोगिता संचालन गर्न लागिएको माडीनगर खेलकुद बिकाश समिति अदक्ष्य हिमकान्त भुसालले बताउनु भएको छ । माडी क्षेत्र भरिबाट करिब २४ टिमको सहभागिता रहने प्रतियोगीतामा प्रथम हुने टीमले नगद ७०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाण पत्र तथा द्रितिय हुने टीमले ३५,००० हजारका साथमा ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक बिस्वाश जंघ क्षेत्रिले जानकारी दिनुभया । यस्तै सेमी फाइनल बाट बाहिरिने दुवै टिमलाई नगद १०,१० हजार प्रदान गरिनेछ भने बेस्ट डिफेंश,मिल्ड फ़िल्डर गोल किपर,फरवाड,सर्वा्धिक गोलकर्ता,म्यान अफ द सिरिज तथा म्यान अफ द म्याच पनि घोसित गरिने प्रतियोगिता संयोजक युनाईटेड कल्ब बसन्तपुर प्रमुख नबिन बस्यालले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply