play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

न्यायलय माथीको हस्तक्षेप सहन सकिदैन ः देउवा

0

चैत ४ , नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायलय माथी हस्तक्षेप गरेको आरोप लगाएका छन । निजामति कर्मचारी युनियन संघको रत्ननगरमा सुरु भएको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केपि ओली नेतृत्वको सरकारले प्रधानन्याधिश गोपाल पराजुलीलाई पद मुक्त गर्न बाध्य बनाएर न्यालयमाथी हस्तक्षेप गरेको बताए । सभापति देउवाले ओली सरकारले दुई तिहाई बहुमतको दम्व देखाएर न्यायलयमाथी हस्तक्षेप गरेको भन्दै त्यो काँग्रेसले सहन नसक्ने बताए । काँग्रेस स्वतन्त्र न्यायलय र स्वतन्त्र कर्मचारी तन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले काँगेसले त्यसको विरुद्ध डटेर सामाना गर्ने स्पष्ट पारे । कर्मचारी सरुवा,बढुवामा वर्तमान सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए काँग्रेस चुप लागेर नबस्ने बताए । दुई तिहाईको दम्ब देखाएर सरकारले हस्तक्षेपकारी निती अबलम्वन गरे काँग्रेसले त्यसको डटेर सामना गर्ने सभापति देउवाको भनाई छ । उनले लोकतन्त्रको रक्षा,संविधानको कार्यान्वय र संघीयतालाई संस्थागत गर्ने काममा एकचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । आफु नेतृत्वको सरकारले संविधान निर्माण,त्यसको कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुँन कार्यकर्तालाई आग्रह गरे । संविधान कार्यान्वय गर्नु महत्वपूर्ण जिम्मेवारी थियो उनले भने मैले निर्वाचन गराएर संविधान पूर्ण रुपमा कार्यान्वय गराएको छु । कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तीनै तहको निर्वाचनमा पराजित भएर घाईते भएको काँग्रेसलाई उपचारको आवश्यकता रहेको बताए । काँग्रेसलाई उपचारको आवश्यकता छ उनले भने त्यो कस्तो संगठन विस्तार गर्दै जनताको बीचमा पुगेर मात्र गर्न सकिन्छ । उनले काग्रेसलाई पुरानै अबस्थामा फर्काउन स्पष्ट एजेण्डा सहित काँग्रेस जनताको बीचमा जानु पर्ने बताए ।

Share.

Leave A Reply