play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

यदि कुनै टिमले ६ मध्ये २ खेलमात्र जितेर पनि ठूलो सफलता हासिल गरेको छ भने त्यो नेपाल हो: आइसीसी

0

चैत ४ – जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ‘सी’ ग्रेडको मूल्यांकन गरेको छ । विश्वकप छनोटको ६ मध्ये दुई खेल जितेर आठौं भएको नेपालको समग्र प्रदर्शन सी ग्रेडको भएको आईसीसीले आज आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।नेपालले समूह चरणमा जिम्बावेसँग १ सय १६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटको पराजय ब्यहोरेको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको नेपालले क्रस प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै आगामी सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरेको थियो ।सातौं स्थानका लागि हिजो भएको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो ।

आईसीसीको समग्र रिपोर्टमा भनिएको छ, ‘यदि कुनै टिमले ६ मध्ये २ खेलमात्र जितेर पनि ठूलो सफलता हासिल गरेको छ भने त्यो नेपाल हो ।’ ‘आईसीसी विश्वकप छनोटयात्रा पनि उसको नाटकीय नै थियो, सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता हासिल गरेर उसले अझै राम्रो सफलता हासिल गरेको छ ।‘समूह चरणमा लगातार तीन हारले नेपालको सुपर सिक्समा स्थान बनाउने सम्भावना सकिएको थियो । तर, समूहको अन्तिम खेलमा हङकङलाई हराउनु र त्यसपछि पपुवा न्यूगिनीलाई हराएपछि उनीहरुको लक्ष्य पूरा भइसकेको थियो, भलै उनीहरु नेदरल्याण्ड्ससँग पराजित भए ।’ आईसीसीको टिम रिपोर्टमा भनिएको छ ।

आईसीसीले १७ वर्षीय नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उपस्थिति नेपालका लागि सबैभन्दा सकारात्मक पाटो भएको उल्लेख गरेको छ । प्रतियोगिताको ६ खेलमा सन्दीपले १३ विकेट लिए । नेपालले हासिल गरेको दुई जितमा उनकै प्रदर्शन अहम् थियो । सन्दीपले हङकङविरुद्ध १७ रन दिएर ३ विकेट र पीएनजीविरुद्ध २९ रन दिएर ४ विकेट लिएका थिए । सन्दीपबाहेक नेपालका अन्य बलरहरुले आफूलाई प्रमाणित गर्न सकेनन् । सन्दिपले बलिङबाट र कप्तान पारस खड्काले ब्याटिङबाट नेपालको प्रदर्शन धानेका थिए, अन्यको नियमित र उल्लेखनीय प्रदर्शन देखिएन् ।प्रतियोगिताको उद्घाटन खेलमा जिम्बावेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएपछि नेपालले १ सय १६ रनको हार ब्यहोर्नुपरेको थियो र, स्कटल्याण्ड तथा अफगानिस्तानविरुद्ध पनि नेपाली ब्याट्सम्यानहरुले सम्मानित योगफल बनाउन सकेनन् ।रनको फ्लो बढाउन तथा सुरुवाती चुनौतिको सामना गर्न नेपाली ब्याट्सम्यानहरु असमर्थ रहे । कप्तान पारस खड्का, जसले यस प्रतियोगितामा २ सय ३१ रन बनाए, उनी बाकेह दिपेन्द्रसिंह ऐरीले पनि बेलाबखत राम्रो खेले, उनीहरुबाहेक अन्य नेपाली ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।विश्वकप छनोट च्याम्पियनसिपको शीर्ष स्थामा रहेर छनोट प्रतियोगितामा सहभागी भएको नेदरल्याण्ड्सले पनि यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेन् । सातौं स्थानका लागि भएको खेलमा भने नेपाललाई ४५ रनले हराएर उ सातौं स्थानमा नै रह्यो । सातौ स्थानको नेदरल्याण्ड्सलाई पनि आइसीसीले ‘सी’ ग्रेडको मूल्यांकन गरेको छ । नवौं स्थानको पपुवा न्यूगिनी र दशौं स्थानको हङकङले भने ‘डी’ ग्रेडको मूल्यांकन पाएका छन् ।

Share.

Leave A Reply