४ चैत, एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी छन् । उनी तत्कालिन एपेक्स बैंकको सञ्चालक थिए ।अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
बैंक मर्ज भएपछि उनी लगानी कोषमा काम गर्न थालेका थिए ।यसअघि घोटालामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।
एपेक्स बैंक घोटाला काण्डमा नागरिक लगानी कोषका एक कर्मचारी समातिए
0
Share.