होमनाथ सापकोटा
चैत ४, नेपाल निजामति कर्मचारी युनियस(संघ)को सातौ केन्द्रीय महाधिवेशन रत्ननगरमा सुरू भएको छ । तीन दिन सम्म चल्ने सो महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका छन । कर्मचारी युनियन संघको महाधिवेशनमा सहभागी हुन काँग्रेसको केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्यहरू तथा पूर्व मन्त्रीहरु रत्ननगर आएका छन । महाधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोईराला,कोषाध्यक्ष सीतादेवी यादव,पुर्व महामन्त्री कृष्ण सिटौला,केन्द्रीय सदस्य विमलेन्द्र निधि त्यस्तै संसदीय दलका उपनेता विजय कुमार गच्छेदार, प्रबक्ता विश्वप्रकास शर्मा लगायात सहभागी हुनुभएको छ महाधिवेशनमा ५७० जना प्रतिनिधि र २०० जना परिबेक्षकको सहभागिता रहको संघका अध्यक्ष सुवोध कुमार देवकोटाले जानकारी दिए । प्रतिनिधि तथा परिवेक्षकको आवासको लागि सौराहामा व्यवस्था मिलाईएको छ ।
महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र सात वटा प्रदेश समिति चयन गर्नेछ ।महाधिवेशनले संघीय संरचना अनुसारको केन्द्रिय समिति तथा प्रदेश समिति चयन संगै कर्मचारीको व्यवस्थापन र संघीयता कार्यान्वयनको लागि नीतिगत छलफल गरी एउटा निर्कषमा पुग्ने अध्यक्ष देबकोटाले बताए ।त्यसैगरी नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षमा तीन जना आकाँक्षी देखिएका छन । अध्यक्ष पदका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष गोपाल पोखरेल,महासचिव शरद अधिकारी र सचिव राजेन्द्र बुढाथोकी बीच प्रतिस्पर्धा हुने श्रोतले बताएको छ ।