play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिनर्जीका कार्यक्रम संयोजक पौडेल सम्मानित

0

चैत ०६,
नेपाल पत्रकार महासंघ चितवनको ११ औं अधिवेशनमा सिनर्जी एफएमका कार्यक्रम संयोजक रामकान्त पौडेल नगद सहित सम्मानित हुनुभएको छ । विगत लामो समय देखि चितवनको पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर पत्रकारको हकहितका लागि काम गरेको भन्दै पत्रकार महासंघ चितवनले प्रदान गर्ने त्रिचन्द्र शांखी पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो । सो पुरस्कारबाट पत्रकार दीपेन्द्र अधिकारी पनि सम्मानित हुनुभएको छ ।
पत्रकार महासंघ चितवन शाखाले हिजो अधिवेशनका अवशरमा विभिन्न पुरस्कारहरुबाट चितवनका क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको थियो । यस्तै उत्तरध्वज सुर्यमाया पत्रकारिता पुरस्कारबाट गोपाल परियार सम्मानित हुनुभएको छ । सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट सिर्जना अर्याल सम्मानित हुँदा बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट प्रतिमा सिलवाल सम्मानित हुनुभएको छ ।
यस्तै मैयादेवी पत्रकारिता पुरस्कारबाट गणशेखर शर्मा सम्मानित हुनुभएको छ भने अन्नतगंगा पत्रकारिता परस्कारबाट गोपाल प्रसाद थपलिया सम्मानित हुनुभएको छ ।

Share.

Leave A Reply