play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदका कारण पदमुक्त

0

फागुन ३० । न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदका कारण पदमुक्त भइसकेको जनाएको छ ।परिषदका सचिव नृपध्वज निरौलाले बुधबार अपराह्न सचिवस्तरीय निर्णय गर्दै गत साउन २१ गते नै पराजुलीको उमेर ६५ वर्ष पुगिसकेको देखिएकाले उनी पदमुक्त भइसकेको जानकारी गराएका हुन् ।सचिवालयले न्याय परिषद सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले बुधबारमात्रै उपलब्ध गराएको पत्रको आधारमा पराजुली पदमुक्त ठहर भएको भन्दै सोही ब्यहोराको पत्र प्रधानन्यायाधीश पराजुलीलाई बुझाएको छ ।
पराजुली पदमुक्त भइसकेको बोधार्थ जानकारी राष्ट्रराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सर्वोच्च अदालत, कानुन मन्त्रालय, निजामती किताबखाना, सञ्चयकोष, नागरिक लगानी कोष तथा सर्वोच्चका न्यायाधीशहरुलाई पनि गराइएको छ ।न्यायपरिषद सचिवले उक्त निर्णय सार्वजनिक गर्ने र प्रधानन्यायाधीश पराजुलीले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउने समय भने जुधेको थियो । तर, पराजुलीलाई उक्त पत्र भने राष्ट्रपतिको शपथपछिमात्रै बुझाइएको जनाइएको छ ।प्रधानन्यायाधीश नै प्रमुख हुने न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश पदमुक्त भएको पत्र काटेको विषयमा कानुनविद्हरुको मत भने विभाजित देखिएको छ । साथै, राष्ट्रपतिको शपथग्रहणको वैधानिकतामाथिसमेत प्रश्न उठाइएको छ ।

Share.

Leave A Reply