play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

भरतपुरमा ‘राष्ट्रिय औद्योगिक प्रर्दशनी’ हुने

0

फाल्गुन ३०, चितवनको भरतपुरमा ‘राष्ट्रिय औद्योगिक प्रर्दशनी’ हुने भएको छ । चितवनलाई औंद्योगिक राजधानीको रुपमा पहिचान दिने दावीसहित आगामी चैत्र २३ गतेदेखि २७ गतेसम्म भरतपुरमा राष्ट्रिय औंद्योगिक प्रर्दशनी गर्न लागिएको हो ।आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रर्दशनीले नेपालको औद्योगिक क्षेत्रको अवस्थाबारे यथार्थ जानकारी दिने विश्वास व्यक्त गरे ।
उनले प्रर्दशनीमा स्वदेशी उत्पादन र यसको बजार प्रवद्र्धनका विषयमा पनि जानकारी हुने स्पष्ट पारे ।प्रर्दशनीमा कृषि, उद्योग, पर्यटन क्षेत्रका उत्पादनहरुको राखिने चितवन उद्योग संघले जनाएको छ । २ सय ५० भन्दा बढि स्टल रहने प्रर्दशनीबाट उद्योग क्षेत्र र उपभोक्ताबीच निकट सम्बन्ध कायम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

Share.

Leave A Reply