play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आगामी चैत ८ गतेदेखि सन्चालन हुने माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पूरा

0

फागुन ३० । आगामी चैत ८ गतेदेखि सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले परीक्षाका लागि सबै ठाउँमा उत्तरपुस्तिका पुर्‍याउनेदेखि जनशक्ति व्यवस्थापनको कामसमेत सकिएको जनाएको छ ।यस वर्षको एसइई परीक्षामा ४ लाख ७५ हजार ५६६ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा एक्जाम्टेडतर्फ २४ हजार ५१ जना विद्यार्थी छन् ।एसइई परीक्षाका लागि १ हजार ९५६ ओटा परीक्षा केन्द्र तोकिएका छन् । २५ विद्यार्थी बराबर एकजना परीक्षा निरीक्षकको व्यवस्था गरिएको छ ।यस्तै, परीक्षा सन्चालन गर्न एक परीक्षा केन्द्र बराबर १५ जना सुरक्षाकर्मी खटिने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताए ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नियमित र एक्जाम्टेडतर्फका विद्यार्थीका लागि फरक–फरक प्रश्नपत्र तयार पारेको छ ।यस वर्ष पाठ्यक्रम परिवर्तन भएकाले नियमिततर्फका विद्यार्थीलाई नयाँ पाठ्यक्रमअनुसार र एक्जाम्टेड विद्यार्थीलाई पुरानै पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार पारिएको हो ।विद्यालय तहको पठनपाठनदेखि परीक्षाको जिम्मा स्थानीय तहलाई दिइएको भएपनि स्थानीय तहमा भौतिक पूर्वाधारलगायतका तयारी नभएकाले यस वर्ष केन्द्रबाटै परीक्षा सन्चालन हुन लागेको हो ।माध्यामिक तहसम्मको परीक्षा गराउने जिम्मा पाएको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सन्चालन गर्न नसकेका कारण परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नै सन्चालन गरेको हो ।अब अर्को वर्षको एसइई परीक्षा भने प्रदेशस्तरबाट सन्चालन गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक रेग्मीले बताए ।एसइईको परीक्षालाई अनुशासित र मर्यादित बनाउन चिट चोराउने र चोर्न सहयोग गर्नेलाईसमेत कडा कारबाहीको तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply