play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पत्रकार महासंघ चितवनको अधिवेशनः निर्वाचन प्रक्रिया शुरु

0

चैत ०५,
नेपाल पत्रकार महासंघ चितवन शाखाको ११ औं अधिवेशनमा अहिले बन्दशत्र सकिएर निवर्नचन प्रक्रिया शुरु हुने तयारीमा रहेको छ । यस अघि आजै भएको उमेदवारी दर्ता प्रक्रियामा सबै पदका आकांक्षीले दर्ता गराईसकेको महाधिवेशन स्थल विपीकोइराला मेमोपरयलको सभा हलबाट हाम्रा सहकर्मी हेम रोकाहाले बताउनुभएको छ । उहाँका अनुसार अध्यक्षमा सुर्य प्रकाश कंडेल र राधेश्याम खतिवडाको उमेदवारी परेको छ । उपाध्यक्ष अन्तर्गत खुलामा नारायण अधिकारी र रामकान्त पौडेल तथा महिलामा शान्ता अधिकारी र चाँदनी हमालको उम्मेदवारी परेको त्यहाँबाट सहकर्मी रोकाहाले जानकारी दिनुभयो । यस्तै सचिवमा तिर्थ नेपाल र राजु चौधरीले उमेदवारी दर्ता गर्नुभएको छ ।
यस्तै
सह–सचिव पदका लागि भने खुला र समावेशी दुवै तर्फ सवैसम्मतिमा चयन भएको छ । सह–सचिवको खुलामा प्रविण कुमार दत्त चयन हुनुभएको छ भने समावेशीमा शन्तकुमार चौधरी चयन हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा प्रकाशमणी ज्ञवाली निर्विरोध चयन हुनुभएको छ ।
यस्तै समावेशी तर्फका सदश्यहरुमा सर्वसम्मतिले नियुक्त भएको छ । महिला सदस्यमा प्रमिता ढकाल चयन हुँदा दलितमा अमिर रामदाम, जनजातिमा वविलाल तामाङ र मधेशी कोटामा रिता ढकाल भगत निर्विरोध चयन हुनुभएको छ ।
बाँकी ८ खुल्ला सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ ।

Share.

Leave A Reply