play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच भेट

0

३० फागुन, विमान दुर्घटनाबारे जानकारी लिन आएका बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरे । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आयोगको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने बताए ।
बंगलादेशका मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो । घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री मंगलबार काठमाडौं आएका थिए ।

Share.

Leave A Reply