play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

नेपाली क्रिकेट टोलीले टेस्ट मान्यता कसरि पाउन सक्छ त ?

0

फाल्गुन ३०, टेस्ट क्रिकेट अर्थात् क्रिकेटमा असिमित ओबरको ५ दिने खेल ! टेस्ट क्रिकेट खेल्नको लागि धैर्यता र मेहिनत मात्र हैन उत्तिकै धेरै लगनसिलता पनि आवस्यक पर्ने गर्छ । ५ दिन सम्म लगातार क्रिकेट खेल्नु सजिलो पक्कै पनि हुदैन त्यसको लागि सोहि अनुरुपको अभ्यासको पनि जरुरी हुन्छ । सबै एसोसिएट क्रिकेट टोलीको लक्ष्य हुन्छ टेस्ट क्रिकेट खेल्ने, सेतो जर्सीमा आफ्नो देशलाई प्रतिनिधित्वो गर्ने जसकारण नेपाली टोली पनि यसको पछि दकुर्न सुरु गरिसकेको छ ।
टेस्ट मान्यता पाउनको लागि सुरुमा नेपाली टोलि डिभिजन वानमा हुन जरुरि छ । डिभिजन वानमा हुने टोलीले दुइ बर्षे लामो आइ कप खेल्न पाउछन । टेस्ट क्रिकेटको बाटो देखाउने आइकप ४ दिने लामो क्रिकेट प्रतियोगिता हो जसमा टेस्ट क्रिकेट जस्तै ४ ओटा इनिंग खेलिन्छ । यदि आगामी दुइ वर्षको यो प्रतियोगितामा नेपाली टोलीले पहिलो स्थान हासिल गर्न सके टेस्ट र्याकिंगको अन्तिममा रहेको टोलि संग एउटा ५ दिने टेस्ट खेल्न पाउने छ । यदि नेपाली टोलीले उक्त खेलमा टेस्ट मान्यता प्राप्त रास्ट्रलाइ हराउन सके आइसीसीको प्राबधान अनुसार आन्तरिक छलफल पश्चात टेस्ट मान्यता पाउन सम्भावना उच्च छ । तर यसको लागि घरेलु संरचना, खेलाडी उत्पाधन, क्रिकेट मैदान र घरेलु क्रिकेट संघको अवस्था बलियो बनाउनु पर्ने छ ।अन्तिममा अफघानिस्तान र आइरल्याण्डलाइ आइ कपमा उत्कृस्ट प्रदशन गरेको आधारमा आइसिसिले २०१७ मा टेस्ट मान्यता दिएको थियो । २००४ देखि सुरु भएको आइ कपमा पहिलो बिजेता स्कटल्याण्ड बनेको थियो भने २००५, २००६, २००७ र २०११ मा आइरल्याण्ड प्रथम भएको थियो । अफघानिस्तान २००९ र २०१५ को आइकपमा बिजेता भएको थियो ।

Share.

Leave A Reply