play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

नेपाली क्रिकेट टोलिलाइ एक दिवसीय मान्यता पाउन कति टाढा ?

0

फाल्गुन ३०, बिश्वकप छनोट अन्तरर्गत नेपालले आफ्नो समुहको अन्तिम खेलमा हंगकंग बिरुद् ५ विकेटको सहज जित निकाले सगै नेपालले एक दिवसीय रास्ट्रको मन्नेता पाउने आश बढेर गएको छ ।प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ।
कसरि पाउन सक्छ त नेपाली टोलीले एक दिवसीय मान्यता ?
समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको मार्च १५ मा सामना गर्नेछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नु पर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हंगकंग र नेदरल्याण्ड बीच मार्च १५ मै प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।
यो अवस्थामा नेपाली टोलीको सातौं स्थानको लागि नेदरल्याण्डसंग खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ। यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
कस्तो छ त नेपाली टोलीको सम्भावना ?
एक दिवसीय मान्यता पाउनको लागि नेपाल संगै पपुवा न्यु गिनी र हंगकंग प्रतिस्पर्धा गर्ने छन् जस मध्य मात्र एक टोलीले एकदिवसीय मान्यता पाउने छ । उता प्ले अफ खेल्ने अर्को टोलि नेदरल्याण्डले भने विश्वक्रिकेट लिग च्याम्पियनशिपमा पहिलो स्थान हासील गरेको आधारमा एकदिवसीय मान्यता पाइसकेको छ ।सम्भावनाका हिसाबले हेर्ने हो भने नेपाली टोली अगिल्लो स्थानमा रहेको छ कारण – नेपाली टोलीको पछिल्लो प्रदशन ! ब्याटिंगमा कमजोर देखिएको नेपालो टोलि अहिलेको अवस्थामा युवा खेलाडीको आशा जनक प्रदशनले गर्दा निकै बलियो देखिएको हो । समूह चरणमा मात्र एक खेल जितेपनि नेपाली टोलीले प्रतियोगिता भरि सम्मानजनक प्रदशन गर्यो । उता समूह ए मा रहेको पपुवा न्यु गिनीले भने जारी प्रतियोगितामा कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने हंगकंगले मात्र एक खेल जित्दै नेपालको समहुमा अन्तिम स्थानमा रह्यो ।पहिलो खेलमा स्कटल्याण्ड बिरुद्द ९१ रनमा अल आउट हुदा ४ विकेटको हार बेहोरेको हंगकंगले दोस्रो खेलमा अफघानिस्तानलाइ ३० रनले पराजित गरेको थियो । २६४ रनको लक्ष्य पछयाएको हंगकंग तेस्रो खेलमा जिम्बाबे बिरुद्द ९० रनको पराजय बेहोरेको थियो भने अन्तिम खेलमा नेपाल बिरुद्द ५ विकेटको हार बेहोर्न पुग्यो ।उता पपुवा न्यु गिनी प्रतियोगिता भरि समस्यामा देखिएको छ । पहिलो खेलमा २२२ रनको लक्ष्य पछयाउने क्रममा युएई बिरुद्द ५६ रनको हार बेहोरेको न्यु गिनिले दोस्रो खेलमा आइरल्याण्ड बिरुद्द २३५ रन बनाउदा पनि ४ विकेटले खेल गुमाउन पुग्यो । तेस्रो खेलमा न्यु गिनीले सुरुमा २०० रन बनाउदा वेस्ट इन्डिजसंग ६ विकेटले पराजित हुन पुग्यो भने अन्तिम खेलमा नेदरल्याण्डसंग ५७ रनले पराजित भयो ।

Share.

Leave A Reply