play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

कांग्रेसले आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने

0

फागुन ३० । कांग्रेसले आज प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । अभिमुखीकरणका लागि सांसदहरुलाई बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन्न । पार्टीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागको हो ।कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन वेला बोल्न हुन्छ, कुन वेला हुँदैन भन्नेमा विषयमा सांसदलाई बोल्न सिकाइने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।अभिमुखीकरणमा विज्ञ, पार्टी नेताले प्रशिक्षण दिनुहुनेछ ।

Share.

Leave A Reply