play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

जापानले किशोराअवस्थाको उमेरमा फेरबदल गर्ने

0

फागुन ३० । जापानले किशोराअवस्थाको उमेरमा फेरबदल गर्ने भएको छ ।२० वर्षको उमेर पुगेका नागरिकलाई जापानले किशोराअवस्थामा राखेको छ । तर अब त्यो उमेर १८ वर्षमा घटाइने भएको छ । यदि १८ वर्षलाई किशोरावस्थामा राख्ने विद्येक जापानमा पारित भए १८ वर्ष पुगेका जापानका नागरिकले आफ्ना अभिभावक विना नै विवाह गर्ने, कुनै विषयमा सम्झौता गर्ने र ऋण लिन सक्नेछन् ।तर, किशोरावस्थाको उमेर घटाए पनि उनीहरुले २० वर्ष नपुगी जाँड–रक्सी, चुरोट खान र जुवातास खेल्न पाउनेछैनन् । उक्त विद्येयक जापानको संसदबाट पारित भएका त्यसको प्रत्यक्ष असर सन् २०२२ मा हुने जनाइएको छ ।सन् १८७६ मा किशोरावस्थाको उमेर २० वर्ष बनाएको जापानले त्यो भन्दा पछाडि कुनै परिवर्तन गरेको थिएन । जापानमा किशोराअवस्था भन्दा पहिले बिहे गर्नलाई पुरुष १८ वर्षको हुनुपर्ने र महिला १६ वर्षको हुनुपर्छ तर त्यसमा अभिभावकको अनिवार्य सहमति आवश्यक हुन्छ । अहिले भएको विद्येक संशोधनले जापानमा पुरुष र महिलाको विवाह गर्ने उमेर एउटै हुनुपर्ने बहस सुरु भएको छ ।अहिलेको विद्येकले १८ र १९ वर्षका किशोर किशोरीले मोवाइल फोन र क्रेडिट कार्डमा सम्झौता गर्न मिल्ने बनाइएको जापानको समाचार संस्था कोयोडोले जनाएको छ ।

Share.

Leave A Reply