play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

अर्थमन्त्री खतिवडा आज दिल्ली जादै

0

फागुन ३० । अर्थमन्त्री डा युवराज खतिवडा आज दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । आजदेखि भारतको हरियाणा राज्यस्थित गुरुग्राममा सुरु हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो ।तीनदिने सम्मेलनको उद्घाटनसत्रमा ‘की नोट स्पिकर’का रूपमा अर्थमन्त्री खतिवडा सहभागी हुन लाग्नुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भोलि स्वदेश फर्कने गरी जान लाग्नुभएका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम भने नरहेको नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले बताउनुभयो । सम्मेलनमा खतिवडाले प्रतिआतकंवादबारे नेपालको धारणा राख्नुहुनेछ ।

सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्यांकको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय वैश्विक आतंकवादको परिवर्तित स्वरूप रहेको छ । सूचना प्रविधिको तीव्र विकासले परिवर्तित आतंकवादको स्वरूप अनि विश्वका लागि बढ्दै गएको चुनौतीबारे सम्मेलनमा बृहत् छलफल हुनेछ ।

Share.

Leave A Reply