play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाईनलमा आज रुपन्देही र पुलिस भिड्ने

0

फागुन ३० । बुटवलमा जारी २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदैछन् । पहिलो सेमिफाइनलमा आज आयोजक रुपन्देही–११ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।यी दुई टोलीबीचको खेल बुटवलस्थित एन्फा एकेडेमीको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मीलाई ३(० ले पराजित गर्दै मनाङ मर्स्याङ्डी सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताको उपाधि विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ हात पार्नेछन् ।

Share.

Leave A Reply