play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

इथियोपियामा बस दुर्घटना हुदा ३८ जनाको मृत्यु

0

२९ फागुन, इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्राप्त समाचारमा उल्लेख छ । दुर्घटनाबारे प्रहरी छानविन शुरु गरिसकेको बताइएको छ ।
अफ्रिकाको दोस्रो धेरै जनसङ्ख्या रहेको मुलुक इथियोपियामा बस यात्राका लागि विश्वसनीय साधन मानिने गर्छ तर पनि भर्खर बन्दै गरेका कच्ची सडक र कमजोर पूराना सडक संरचनाका कारण प्रत्येक बर्ष सयौँको सङ्ख्यामा यहाँका नागरिकको ज्यान जाने गरेको छ । (रासस÷एएफपी)

Share.

Leave A Reply