play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

0

फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।उक्त निर्वाचनमा संघीय संसदतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।संघीय संसदका ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए ।कुल मतदातामध्ये संघीय संसदका पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । रासस

Share.

Leave A Reply