play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पछिल्लो समय देशमा बलात्कार र हत्याजस्ता अपराध बढेकोमा एमालेको चिन्ता

0

फागुन २९– एमालेले देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता श्रृखलाबद्ध जघन्य अपराध नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय अनुशासन आयोगको आज बसेको बैठकले सरकारको ध्यानाकर्षण गराएको हो ।अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बसेको बैठकले आयोगको आन्तरिक संगठनात्मक व्यवस्थापनका साथै पार्टी एकताका बारेमा पनि छलफल गरेको छ ।
आयोगमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने धर्मनाथ यादव पार्टी केन्द्रीय कमिटीमा मनोनित भएपछि रिक्त पदमा सर्लाहीका राजनारायण शाहलाई मनोनयन गरेको छ । आयोगको कार्यालय सचिवमा आयोगकै सदस्य शिवबहादुर देउजालाई मनोनयन गर्नुका साथै दुई पार्टी एकीकरण विधान मस्यौदा समितिलाई अन्तरिम विधानको सम्बन्धमा आवश्यक सुझाव दिने समेत निर्णय गरेको अध्यक्ष अमृत बोहोराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share.

Leave A Reply