play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रतिभावान खेलाडी रोहित पौडेल

0

फाल्गुन २९, सन २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेल्दा टेलिभिजन अगाडी बसेर विश्वकप हेर्ने लाखौ समर्थक मध्ये एक थिए रोहित पौडेल । त्यस बेलासम्म रोहित टेनिस बलले टोलमा क्रिकेट खेलेरै रमाइरहेका थिए । टेलिभिजनमा हेरेको विश्वकपले, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का जस्तै बन्न पाए हुन्थ्यो भन्ने रहर रोहितमा जाग्यो । र त्यो कलिलो रहर कतिवेला प्यासनमा रुपान्तरित भयो उनलाई पत्तै भएन ।अहिले राष्ट्रिय टिममा परेपछि र आफ्ना ड्रिम खेलाडी पारसलाई पहिलो पटक भेट्दा रोहितको अनुभव शब्दमा भन्न गाहे छ भन्छन रोहित आफै पनि । उनि भन्छन, सो बेला आफु क्रिकेटमा लाग्छु भनेर खेलेको भएपनि कतिबेला यो मेरो प्यासन बन्यो थाहा नै भएन । नवलपरासीमा जन्मिएका रोहित अहिले जम्मा १५ वर्षका भए । उनले ड्युस बलले क्रिकेट खेल्न सुरु गरेको चार वर्षमा नै राष्ट्रिय टिम सम्मको यात्रा तय गरिसकेका छन् ।

क्रिकेटमा रोहितको यात्रा
रोहित, नवलपरासीका हुन् । उनले काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका थिए । प्रशिक्षक रिकेश लामाका अनुसार उनी अलराउण्डर हुन् र क्लबमा खेल्दा ओपनिङ व्याटिङ गर्ने गर्थे । उनी क्लबमा तेस्रो-चौथो नम्बरका बलर हुन् । यू-१९ टिममा भने भैरहवामा भएको ट्यालेन्ट हन्टबाट उनी छनौट भएका हुन् ।बालुवाटार क्रिकेट एकेडेमी बाट विभिन्न प्रतियोगिता मा भाग लिएका रोहित पौडेलले क्रिकेट अभ्यास कै लागि देल्ही समेत पुगेका थिए । तिन महिने देल्ही भ्रमणले उनको करियरमा थुप्रै परिबर्तन ल्यायो । उक्त भ्रमण पछि उनले आफुलाई प्रमाणित गर्न थप आत्मविश्वास थपी सजिलो गरायो । एसीसी एशिया कप २०१६ को समय थियो, देशैभर ट्यालेन्ट हन्ट चलिरहेकाले उक्त कार्यक्रममा सहभागी हुन रोहित आफ्नै ठाउँ नवलपरासी पुगे । उक्त कार्यक्रममा रोहितले आफुलाई प्रमाणित गरेर अन्तिम ५२ सदस्यीय टोलीमा छनोट भएका थिए । लगतै अन्डर १९ टोलीको अन्तिम २४ हुदै अन्तिम १४ सदस्यीय टोलीमा छनोट हुन पुगेका थिए ।
अन्डर १९ एशिया कप
२०१६ को डिसेम्बरमा भएको अन्डर नाइन्टिन एसिया कपबाट करियर सुरु गरेका रोहितलाई राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले ट्यालेन्ट हन्टमार्फत टिममा ल्याएका थिए । रोहितले डिभिजन टूको तयारीका लागि युएईमा भएको अभ्यास खेलमा पनि प्रभाव जमाएका थिए । यदि डिभिजन टू मा मौका पाएका रोहितले सबैलाई प्रभावित गरेका थिए ।अन्डर १९ एशिया कपमा श्रीलंका बिरुद्दको खेलमा डेब्यु गरेका रोहितले आफ्नो पहिलो खेलमा नेपाली टोलीले हार बेहोरेको थियो । दिपेन्द्र सिंह ऐरीको उत्कृस्ट प्रदशनको बाबजुत पनि नेपालले श्रीलंका संग १ रनको झिनो अन्तरले हार बेहोरेको थियो । नेपालको दोस्रो खेल भारत बिरुद्द खेलको थियो जुन खेल नेपाली टोलीको लागि खासै स्पेसल नभए पनि व्यक्तिगत रुपमा रोहित पौडेलको लागि निकै खास साबित भयो ।८६ रनमा ६ विकेटको नोक्सानी भइसकेको नेपाली पारीलाई रोहितले ६८* रनको इनिंग खेल्दै केहि हदसम्म समालेको थिए । अन्तिम ओबरमा भारतका कमलेश नगरकोटी भन्ने बलरलाई २४ (०-६-४-४-६-४) रन प्रहार गर्दै खुबै चर्चामा आएका थिए । १७१ रनको स्कोर नेपालले रोक्न नसके पनि रोहितले आफ्नो दोस्रो खेलमै सम्झनलायक प्रदशन गरेका थिए ।रास्ट्रिय टोलीमा परेपछि रोहितले भनेका थिए, “टिमका लागि खेल्ने हो, आफू फिनिसरको भुमिकामा टिममा पर्ने हो, र आफूलाई आइपरेको जिम्मेवारी पूर्ण रुपमा निभाउने प्रयास गर्नेछु ।” निकै कम बोल्न लजालु स्वभावका रोहितको यस अगिको सपना भनेकै २०१९ मा हुने एकदिवसीय विश्वकपका लागि छनौट हुनु रहेको थियो ।रोहितका विषयमा कप्तान पारस खड्का भन्छन– ‘रोहित राम्रो पोटेन्सियल भएका खेलाडी हुन । शान्त स्वभावका र राम्रो भविष्य भएका खेलाडीका रुपमा अगाडि आएका छन् ।’ नेपाली टिमको फिनिसरको रुपमा उदाएका रोहित, आइपिएलमा छनौट भएका संदीप लामिछाने जस्तै निकै सम्भावनाका साथ अघि बढिरहेका खेलाडी हुन् ।

Share.

Leave A Reply