नेपालले चैत १ गते सातौ स्थानका लागी पपुबा न्यु गिनीको सामना गर्ने,एक दिवसीय मान्यता एक कदम टाढा

0

फाल्गुन २९, बिश्वकप छनोट अन्तरर्गत नेपालले आफ्नो समुहको अन्तिम खेलमा हंगकंग बिरुद् ५ विकेटको सहज जित निकाले सगै नेपालले एक दिवसीय रास्ट्रको मन्नेता पाउने आश बढेर गएको छ ।डिभिजन दुइको उपविजेता बन्दै बिश्वकप छनोट खेल्ने मौका पाएको नेपालले आफ्नो क्षमता अनुरुप खेल प्रस्तुत गर्न नसक्दा सुपर सिक्समा पुग्ने अबसर गुमाएको थियो । सुपर सिक्समा नपुगेता पनी नेपाललाइ अझै एक दिवसीय रास्ट्रको मान्यता पाउने सुबर्ण अबसर रहेको छ । यदी नेपालले पपुबा न्यु गिनी बिरुद्को खेल जित्दै एक दिवसीय राष्ट्रको मान्यता पाएमा यो नेपाली क्रिकेटको अहिले सम्म कै ठुलो उपलब्धि हुन् जानेछ ।
नेपालले आगामी चैत १ गते अर्थात् मार्च १५ मा सातौ स्थानका लागी पपुबा न्यु गिनी को सामना गर्दै छ । यदी नेपालले सो खेल जितेको र नेदरल्याण्ड र हंगकंगको खेलमा नेदरल्याण्डले हंगकंग लाइ हराएको खण्डमा नेपालले एकदिवसीय रास्ट्रको मान्यता पाउने छ । सो खेलमा हंगकंग विजय भएको खण्डमा नेपाल र हंगकंग बीच जुन टिम बिजय हुने छ, सो टिमले एक दीबसिय राष्ट्रको मान्यता पाउने छ ।
एकदिवसीय मान्यता पाए के हुन्छ ?
१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।
३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।

Share.

Leave A Reply