play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

टी/ट्वेन्टी क्रिकेटः भारतले श्रीलंकालाई ६ विकेटले हरायो

0

फागुन २९ – श्रीलंकामा भैरहेको टी/ट्वेन्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको छ । टस जितेर पहिले भारतले फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको बनाएको थियो । १५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाउँदै १७ ओभर ३ बलमा नै जित हासिल गर्यो । श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो । श्रीलंकाका लागि मेन्डिसले सर्वाधिक ५५रन, उपल थरंगाले २२ रन तथा गुणतलिकाले १७ रनको योगदान दिए । भारतका लागि शार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे । उनले २७ रन दिएर चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए ।

Share.

Leave A Reply