play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चुम्लिङटारमा कार दुर्घटना/ एक जनाको मृत्यु ,तीन जना घाइते

0

फागुन २९ – चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नंको कार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटार स्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply