play_circle_outline On Air

बलिउड गशिप

play_circle_outline On Air

बलिउड गशिप

भण्डारामा डेंगुरोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण

0

फाल्गुन २८ । राप्ती नगरपालिकाको भण्डारामा डेंगुरोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर र राप्ती नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा जनप्रतिनिधि,टोल विकास संस्था प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयम सेविका गरी ५३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका भेक्टोल कन्टोल निरीक्षक राम केसीले डेंगुरोगको वर्तमान अबस्था,यसको नियन्त्रणको लागि गरिएका प्रयास र रोगथामका उपायका वारेमा सहजीकरण गरेका थिए । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको अध्यक्षतमा भएको सो कार्यक्रममा मेयर प्रभा बरालले नगर भित्र डेंगुरोग फैलिन नदिन सबै खालका उपाय अपनाउ नगरपालिका तयार रहेको बताईन । राप्ती नगरपालिका अन्तर्गत पिप्ले,बीरेन्द्रनगर र भण्डाराको मूल सडक आसपास डेंगु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न १५ सदस्यीय एक टोली गठन गरिएको भण्डारा स्वास्थ्य चौकीका कर्मचारी राजेन्द्र घायलले जानकारी दिए । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुली र सह संयोजक राममणि सिलवाल लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply