play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आजको खेल कसरि जितेमा नेपाल सुपर सिक्समा पुग्ला??

0

फाल्गुन २८, विश्वकप क्रिकेट छनोटको आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दै छ समान ३-३ खेल खेलेका यी दुइ टोलिमा नेपालले ३ वटै खेल गुमाएको छ भने हङकङले एउटा खेलमा जित हासिल गरेको छ
आजको खेल कसरि जितेमा नेपाल सुपर सिक्समा पुग्ला??
०१,,आज यदि नेपालले टस जितेर वा हारेर पहिले ब्याटिंग गरेको अवस्थामा ५० ओभरमा यदि ३,०० रन भन्दा बढीको लक्ष्य दिएर हङकङलाइ १५० रन भित्रमा समेटेको अवस्थामा नेपाल सुपस सिक्समा पुग्दछ
०२,,आज यदि नेपालले पहिले बलिङ्ग गरेर हङकङलाइ १५० रनमा समेटेर ४ ओभरमा भेट्टायो भने नेपाल रनरेटको आधारमा तेस्रो हुदै सुपर सिक्समा पुग्दछ
नेपालको बिगतको प्रदर्सन हेर्ने हो भने यो लक्ष्य नेपालको लागी निकै गाह्रो रहेको छ ।
आज हार्नासाथ नेपालले ओडीआई स्टाटस नपाउने र डिभिजन टूमा घटुवा हुन्छ त ?
होइन, एउटा अर्को सम्भावना छ । त्यो भनेको समूह एको खेल । समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४-४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ ।आज नै यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिजसँग खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ

Share.

Leave A Reply