play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनल ड्र सार्वजनिक

0

चैत ०४,
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनल ड्र सार्बजनिक गरिएको छ । आज सार्वजनिक ड्र अनुसार स्पेनी क्लब रियाल मड्रिडले जर्मन क्लब वार्यन म्युनिख तथा अर्को स्पेनी क्लब बार्सिलोनाले ईटालियन क्लब युुभेन्टसलाई प्रतिद्धन्दीका रुपमा पाएका छन् । एट्लेटिको मड्रिडले ईङलिस प्रिमियर लिगको डिफेण्डिङ च्याम्पियन लेष्टर सिटि प्रतिद्धन्दी पाएको छ । च्याम्पियन्स लिगको ३ पटक फाईनलमा पुगेको एट्लेटिको २ पटक भने उपबिजेतामै रोकिएको थियो । त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब मोनाकोलाई क्बाटरफाईनलमा प्रतिद्धन्दीको रुपमा पाएको छ । क्बाटर फाईनलको पहिलो लेग अप्रिल ११ र १२ तथा दोस्रो लेग अप्रिल १८ र १९ मा हुनेछ ।

Share.

Leave A Reply