फागुन २४ – आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ ।
महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री भएपनि त्यसलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजान ठूलो चुनौती रहेको अधिकारकर्मीहरुको भनाई छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । जुन अन्तर्राष्ट्रिय निकायबाट पनि सकारात्मक अभ्यासका रुपमा हेरिरहेको छ । राजनीति जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।
यसैबीच नारि दिवसको अवसरमा आज चितवनको पहिलो रेडियो सिनर्जी एफएमले कबितामा नारि बिषयक कार्यक्रमको आयोजना गरेको छ आज दिउसो २ बजेको हालचाल पछि कार्यक्रम शुरु हुने रेडियोले जनाएको छ
आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस,सिनर्जी एफएमको आयोजनामा ‘कवितामा नारि’ कार्यक्रम हुदै
0
Share.