play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

‘पंचायत’ यूनिटले सिनर्जी एफएममा भने : फिल्म अर्गानिक हो,सबैले हेर्दा हुन्छ

0

२३ फागुन । पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पंचायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण समुहले बताएको छ।चलचित्रबारे निर्माण युनिटले सिनर्जी एफएमको कार्यक्रम सिनर्जी बिशेषमा कुराकानी गर्दै ऐतिहासिक र मौलिक खालको चलचित्र बनेकाले दर्शकको मायाँ पाउनेमा विश्वस्त रहेको जनाएको छ।कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काईभ(अभिलेख) गरेर राख्ने खालको चलचित्र बनेको भन्दै चलचित्र हेर्न दर्शकलाइ अनुरोध गरे।उनका अनुसार पहिले च्यारिटी सोमा देखिएको भन्दा फरक रुपमा पंचायत आउन लागेको छ। नायिका नीता ढुंगानाले उक्त चलचित्रले अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २१६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै कथामा मौलिकपन र आफ्नोपन भएको उल्लेख गरिन्।नायिका ढुंगानाले उक्त फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड समेत पाएकी थिईन्।

Share.

Leave A Reply