play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

डण्डामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु

0

फाल्गुन २२, नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौरा निवासी ५८ बर्षीय लक्ष्मण कार्कीलाई आज विहान पौने ६ बजेतिर कावासोती १६ डण्डामा सवारी साधनले ठक्कर दिएको हो ।उनको घटना स्थलमै मृत्यु भएको र ठक्कर दिने सवारी साधन पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन पहिचान गर्नु पर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग गर्दै स्थानीयले केहिबेर सडक अवरुद्ध पारेका थिए ।केही स्थानीय अगुवा र प्रहरी प्रशासनबीच भएको छलफल पछि ठक्कर दिने सवारी साधन पहिचान गर्ने सहमति पछि सडक खुलेको थियो ।

Share.

Leave A Reply