फागुन २२ । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्ध मजबुत बनाउन चाहेको बताएका छन् । दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले सम्बन्ध मजबुत बनाएर राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्न चाहेको बताएका हुन् ।उत्तर कोरियाली नेताले दुई मुलुकका नेताबीचको सम्बन्ध सुधारका लागि तीब्र गतिमा व्यावहारिक कदम चाल्न सुझाव दिएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । भेटका क्रममा दक्षिण कोरियाली प्रतिनिधिले राष्ट्रपति मुन जे इनको वार्ता, सम्बन्ध सुधार र कोरियाली प्रायःद्वीपमा निशस्त्रीकरणको सन्देश किमलाई सुनाएका थिए । गत महिना दक्षिण कोरियामा भएको विन्टर ओलम्पिक्स् पछि दुई कोरियाको सम्बन्ध सुमधुर बन्दै गएको छ ।
दक्षिण कोरियासंगको सम्बन्ध मजबुत बनाउने शासक किम जोङ उनको चाहाना
0
Share.