play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

महजोडीको ‘सत्रू गते’को ट्रेलर सार्बजनिक (भिडियो सहित )

0

बहुप्रतिक्षित फिल्म ‘सत्रू गते’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले चलचित्र हास्यप्रधान रहेको झल्काउँछ ।

२ मिनेट ५२ सेकेन्डको ट्रेलरमा सबैभन्दा बढि हरिबंश आचार्य छाएका छन् । उनको अभिनय र संवाद रोचक छन् । नायिक-नायिका भनिएका पल शाह र आँचल शर्मालाई धेरै स्थान दिइएको छैन ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित पि्रयंका कार्की, दिपकराज गिरी, दिपाश्री निरौला, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेल लगायतले अभिनय गरेका छन् ।

चलचित्रको निर्देशन ‘जात्रा’ बाट ख्याति कमाएका प्रदिप भट्टराईले गरेका हुन् । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।

Share.

Leave A Reply