play_circle_outline On Air

सिनर्जी पप

play_circle_outline On Air

सिनर्जी पप

चीनियाँहरुले चाडपर्वको अवसरमा मुडा उपहार दिने भएकाले चीनमा नेपाली मुडाको निर्यात बढ्यो

0

फागुन १८ – चीनमा नेपाली बाँसको मुडाको निर्यात बढ्दै गएको छ । चीनियाँहरुले चाडपर्वको अवसरमा मुडा उपहार दिने भएकाले माग बढेको व्यवसायीहरुको तर्क छ । २०७१ सालदेखि यही पुस मसान्तसम्ममा रसुवागढी नाका हुँदै ३ करोड ४३ लाख भन्दा बढी मूल्य बराबरको बाँसको मुडा चीनमा निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट साढे दुई वर्षमा ६४ हजार ५ सय ५८ वटा बाँसको मुडा निर्यात भएको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७२/०७३ मा २१ हजार ४ सय ४८ वटा मुडा निर्यातबाट १ करोड २० लाख १० हजार ८ सय, ०७३/०७४ मा ३० हजार ५ सय ७० वटा मुडा निर्यातबाट एक करोड ९२ लाख ५८ हजार र चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार ४ सय ८० वटा मुडाबाट ३१ लाख २० हजार आम्दानी भएको छ ।
नेपालमा उत्पादन भएको मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा लैजाने गरिएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताउनुभयो । सुनसरीको झुम्का कारागार, केन्द्रीय कारागार काठमाण्डौं र धादिङ कारगारबाट उत्पादन भएको मुडा लैजाने गरिएको छ । नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखी झ्याललगायतका वन्यजन्तु सामग्री निर्यात हुँदै आएको छ ।

Share.

Leave A Reply