play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

ठूलो परिणामको लागु औषधसहित भारतीय नागरिक मकवानपुरमा पक्राउ

0

चैत्र ३,,  ठूलो परिणामको लागु औषधसहित एक भारतीय नागरिकलाई प्रहरीले आज  मकवानपुरमा पक्राउ गरेको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी प्रहरी चेकपोष्टबाट १६ बोरा गाँजा सहित भारत मोतीहारी पुर्वी चम्पारन– ७ का अशोककुमार दुबेलाई पक्राउ गरेको हो ।

मकवानपुरको सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु वि ११–८५२४ नम्बरको गाडीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त लामाले बताए ।
उक्त ट्रकको फल्स बटम बनाएर गाँजा लुकाएर ल्याएको थियो । ट्रकको अगाडिमात्र नम्बर लेखिएको थियो । पछाडिको भागमा नम्बर नै लेखिएको थिएन ।

प्रहरी प्रमुख लामाले पत्रकार सम्मेलन गरेर बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका ट्रकका चालक दुबेलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए । चालकले बीरगन्ज हुँदै भारततर्फ लैजानका लागि गाँजा लुकाएर ल्याएको प्रहरी समक्ष बताएका छन् । विगत केही समयदेखि मकवानपुरको प्रहरी भारतीय नम्बर सवारीसाधनमा बढी जाँच गर्ने गरेको छ । दुई महिनाकोबीचमा गाँजा बोकेका भारतीय नम्बर प्लेटका ९ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको छ ।

 

Share.

Leave A Reply