चैत ०३,
नेपालगञ्ज गोल्डकप फुटबलको दोस्रो संस्करणको उपाधिका लागि आज संकटा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । मोफसलका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली पश्चिम नेपालको अर्को नकआउट प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन । खेल बाँकेको नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । यस सिजन मोफसलका ६ नकआउट प्रतियोगिताको फाईनल खेलेको संकटाले तीन उपाधि समेत जितेको छ । उदयपुर गोल्डकप जितेको रुपन्देही ११ सिजनको दोस्रो उपाधिको खोजिमा छ । दुवै टोलीमा राष्ट्रिय टोलीका जर्सी लगाएका र शीर्ष डिभिजनका लिग खेलेका खेलाडीको बर्चस्व छ । पश्चिम नेपालमा फुटबल गतिविधी बढाउने उद्देश्यका साथ सुरु गरिएको नेपालगञ्ज गोल्डकपको विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
नेपालगञ्ज गोल्डकपः उपाधिका लागि संकटा र रुपन्देही भिड्दै
0
Share.