play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बन्द हडतालको बिकल्प खोज्नेः सदभावना अध्यक्ष महतो

0

चैत ०३,
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अवको आन्दोलनमा बन्दहड्तालको बिकल्प खोजिने बताउनुभएको छ । चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग महतोले बिगतका आन्दोलनले जनताले निकै कष्ट भोग्नु परेकाले अव जनतालाई पिडा नहुने गरी आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रमा असर नपुग्ने र बालबालिकाको पढाई अवरोध नहुने किसिमको आन्दोलनको रणनीति तयार गरिएको महतोको भनाई छ ।
बिगतमा बन्द हडतालको पक्षमा रहने अध्यक्ष महतो बन्दहडतालको बिकल्पमा देखिनुभएको हो । परिमार्जन सहितको सविधान संशोधनमा सरकार चुकेको भन्दै उहाँले संसोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने चेतावनी दिनुभएको छ । बिगतका त्रुटी नसच्याए सम्म मुलुक अगाडी बढ्न र कुनै पनि निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो । बिगतमा मधेशी मोर्चाको नेतृत्व तह राजधानी केन्द्रित रहेकाले अवको आन्दोलनमा सबै नेता तराई मधेशमै बसेर जनताको माझमा रहेर संघर्षमा साथ दिने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply