play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

क्यालिफोर्नियामा अनौठो घटना सार्बजनिक: घोडामा सवार व्यक्तिलाई पनि मापसे बापत जरिवाना

0

फागुन १५ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउन विभिन्न मुलुकमा रोक लगाइएको छ । तर मापसे गरेर घोडामा सवार व्यक्तिलाई पनि भारी रकम जरिवाना गरिएको घटना भने धेरैलाई अनौठो लाग्न सक्छ ।कयौं मुलुकमा मापसे गरी सवारी साधन चलाउनु अपराध मानिन्छ र त्यसबापत चालकले सजाय तथा जरिवानासमेत तिर्नु पर्दछ । अमेरिकाको क्यालिफोर्नियामा भने मापसे गरेर घोडामा सवार भएका एक व्यक्तिलाई दण्डित गरिएको छ ।समाचार एजेन्सीहरुका अनुसार २९ वर्षीय लुइस परेजलाई मापसे गरी व्यस्त सडकमा घोडा दौडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणपछि उनको शरीरमा निर्धारित मापदण्डभन्दा दोब्बर बढी अल्कोहल पाइएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियाको हाइवे प्रहरीले उनलाई ५० हजार डलर जरिवाना तोकेको छ । प्रहरीले उनीमाथि गरिएको कारवाहीबारे ट्वीटरमा जानकारी दिएको हो । प्रहरीका अनुसार लुइसले मापसे गरी सडकमा घोडा दौडाउँदा कसैलाई कुनै प्रकारको हानी–नोक्सानी भएको थिएन तर मापसे गरेका कारण उनीमाथि कडा कारवाही गरिएको हो ।मापसे गरेर कसैले पनि जनावरको जीवन खतरामा पार्न नमिल्ने प्रहरीले बताएको छ। (एजेन्सी)

Share.

Leave A Reply