play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

१ सय २५ प्रतिशत बोनस दिने राष्ट्रिय बीमा कम्पनीको घोषणा

0

फागुन १३ – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १ सय २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।तत्कालीन राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागको १३४ औं बोर्ड बैठकले अहिले कायम २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीमा १ सय २० प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।बोर्ड बैठकले आर्थिक वर्ष २०६७–२०६८ र २०६८–२०६९ को वित्तीय विवरण स्वीकृत पनि गरेको छ । बोर्ड बैठकले प्रस्ताव गरेको बोनस कम्पनीको २०६८–२०६९ सम्मको नाफाबाट वितरण गर्न लागेको हो । यो प्रस्ताव साधारणसभाबाट पारित हुन बाँकी छ ।
बोनश वितरणपछि कम्पनीको चुक्ता पुँजी ५८ करोड ६५ लाख नाघ्ने छ । बीमा समितिको निर्देशन अनुसार आगामी साउनसम्ममा निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने छ । कम्पनीले आर्थिक वर्ष २०६९–२०७० देखिको नाफाबाट बोनश घोषणा गर्न बाँकी नै छ ।

Share.

Leave A Reply