play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

जापान सरकारले पत्याएन नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाइ

0

फागुन १३- फेरि एकपटक जापान सरकारले नेपाली कालाकारलाई पत्याएको छैन ।विश्व टुरमा निस्किएका नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टराई सेकेण्ड रनअरअप प्रताप दासलाई जापान प्रवेश गर्नबाट जापान सरकारले रोकेको छ । यो सँगै आयोजक एनआरएनए जापानले जापानमा गर्न लागेको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द हुन पुगेको छ ।यस्तै जापानवासी नेपालीहरुले नेपाली कालाकारहरुसँग भेट्ने मौका गुमाउन पुगेका छन् ।बुद्ध, निशान र प्रतापसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान जाने तयारीमा रहेका थिए ।
एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ ।विज्ञप्तिमा भनिएको छ, आपतकालीन राहतकोष ९जापानमा बस्ने नेपालीहरूमा भइपरी आउँदा खर्च गरिने कोष० अभिवृद्धिका लागि हुने भनिएको कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि समय अभाव भएको भन्दै अन्तिम समयमा आएर कार्यक्रम स्थगन रद्द गर्न पुगेको जनाएको छ ।कार्यक्रम जापानका प्रमुख शहर टोकियो, फुकुओका लगायत अन्य शहरहरुमा पनि हुने तयारी थियो ।

Share.

Leave A Reply