play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

चितवनमा माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा, १२ हजार भन्दा बढि विद्यार्थी सहभागि हुँदै

0

वसन्त ढुंगाना, २ चैत्र ।
जिल्ला शिक्षा कार्यालय चितवनले भोलि देखि संचालन हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा भएको जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय चितवनले आज बुधवार पत्रकार सम्मेलन गरि  परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेर परीक्षाका लागि आवश्यक सबै सामग्री सम्बन्धित ठाउँसम्म पुर्याएको जानकारी दिएको हो ।  केन्द्राध्यक्ष र स्रोतव्यक्तिलाई परीक्षाका लागि आवश्यक पर्ने कन्ट्रोल लिष्ट, विद्यार्थी तालिका, प्रवेश पत्र परिक्षा पत्र फारामहरु केन्द्रमा पुर्याईसकेको जिल्ला शिक्षा अधिकारी गोविन्द्र अर्यालले जानकारी दिनुभयो । परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली पनि तयार गरिएको कार्यालयले जनाएको छ ।
सबै केन्द्राध्यक्ष र स्रोतव्यक्तिलाई केन्द्र र परीक्षा समन्वय समितिले तयार गरेको परीक्षा आचारसंहिताको बारेमा जानकारी गराइएको अर्यालले जानकारी दिए ।   परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली पनि तयार गरिएको कार्यालयले जनाएको छ ।
यसवर्ष चितवन जिल्लाबाट १२ हजार दुई सय ३३ जना विद्यार्थीले माध्यामिक शिक्षा (कक्षा दस) परीक्षा दिँदैछन ।
नियममिततर्फ ११ हजार आठ सय २८ जनाले परीक्षामा सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ । एक्जाम्टेडतर्फ दुई सय चार जना र ग्रेड वृद्धि ९आंशिक० तर्फ दुई सय एक जनाले परीक्षामा भाग लिनेछन् । प्राविधिक विषय पढाई हुने नेपाल मावि विद्यालयका ३२ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।
सरकारले शिक्षा ऐन निर्माण गरेसंगै १२ कक्षा एसएलसी हुनेछ । गतवर्ष चितवनबाट ११  हजार छ  सय ३८ विद्यार्थीले प्रवेशिका परीक्षा दिएका थिए । यस वर्ष छ सय ३६ विद्यार्थी घटेका छन् । अहिले नियमिततर्फ परीक्षा दिने विद्यार्थी बढेपनि एक्जाम्टेडतर्फबाट परीक्षा  दिने विद्यार्थी भने घटेका छन् ।
नियमिततर्फ गतवर्षभन्दा एक हजार एक सय २७ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन् । एक्जाम्टेडतर्फ गतवर्षभन्दा एक हजार छ सय २२ जना विद्यार्थी कम रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ । यसवर्ष सामुदायिकतर्फका ९४ वटा विद्यालयका सात हजार तीन सय ५९ जना विद्यार्थी रहेका छन् । जसमा छात्रभन्दा छात्रा एक हजार एक सय २७ ले बढी छन् ।
चार हजार दुई सय ४३ छात्रा भएकोमा तीन हजार एक सय १६ जना छात्र रहेको कार्यालयले जानकारी दिएको छ । यस्तै संस्थागत तर्फका एक सय २० विद्यालयबाट चार हजार आठ सय चार जना विद्यार्थी सहभागी हुँदै छन् । संस्थागत विद्यालयमा भने छात्राभन्दा छात्रको संख्या बढी देखिन्छ ।
दुई हजार सात सय छात्र र दुई हजार ८५ छात्रा रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । खुल्ला विद्यालय तर्फबाट ३८ जना विद्यार्थी सहभागी हुँदै छन् । चितवन उच्च मावि भरतपुरलाई खुल्ला विद्यालयको नामबाट उल्लेख गरिएको छ । प्राविधिकतर्फ ३१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यसवर्ष चितवनमा छ जना दृष्टिविहीन विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिँदैछन् । तिनीहरुको लागि लेखन सहयोगी पनि तयार पारिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए । दृष्टिविहिनमध्ये झुवानी उच्च माध्यमिक विद्यालयका तीन र नारायणी नमुना उच्च माध्यमिक विद्यालयका तीन जना विद्यार्थी रहेका छन् ।
माध्यमिक शिक्षा परीक्षामा यस वर्ष भने तुलनात्मक रूपमा छात्रको भन्दा छात्राको संख्या बढी रहेको छ । जिल्ला शिक्षा अधिकारी अर्यालयका अनुसार जिल्लाबाट छात्रभन्दा चार सय ९१ जना छात्राहरुले माध्यमिक शिक्षा परीक्षामा सहभागिता जनाउने भएका छन् । जसमा छात्रा छ हजार तीन सय ६२ र छात्र पाँच हजार आठ सय ७१ जना रहेका छन् ।  नियमिति तर्फ ११ हजार आठ सय २८ विद्यार्थीमध्ये छात्रा ६ हजार एक सय नौ जना र छात्र पाँच हजार सात सय १९ जना रहेको छन् ।
३९ वटा परीक्षा केन्द्र
यस वर्षको माध्यमिक शिक्षा परीक्षा संचालन गर्न जिल्लाका विभिन्न स्थानमा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्ला परीक्षा समन्वय समितिले केन्द्रमा पश्नपत्र पु¥याइसकेको कार्यालयले जानकारी दिएको छ ।
यसपटक सबैभन्दा बढी भण्डारा उच्च माध्यमिक विद्यालय भण्डाराको केन्द्रमा चार सय ६६ विद्यार्थी सहभागी हुँदैछन् । सबैभन्दा कम त्रिवेणी बराह माध्यमिक विद्यालय मुग्लिनमा एक सय ९४ जना विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ ।
सुरक्षा कडा
चैत १४ गतेसम्म चल्ने माध्यमिक शिक्षा परीक्षामा एक हजार एक सय नौ जनशक्ति खटिने भएको छ । पहिले गरिँदै आएको एसएलसी परीक्षाको स्थानमा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा गर्न थालिएको हो । यसअघि हुँदै आएको एसएलसी सरह नै यसवर्षको जाँचका लागि जिल्लाभर जनशक्ति परिचालन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार परीक्षाका लागि एक हजार एक सय नौ जनशक्ति खटिने छन् । प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी, ३० जना बराबर एक निरीक्षक, केन्द्र अध्यक्ष, सहायक केन्द्र अध्यक्ष र सहयोगी परीक्षाका लागि खटिने छन् । ३९ केन्द्रमा पाँच सय ८५ सुरक्षाकर्मी खटिने जिल्ला शिक्षा अधिकारी अर्यालको भनाई छ । परीक्षा फागुन १४ गते सम्म सञ्चालन हुने छ । भोलि पहिलो दिन अंग्रजि विषय हुँदै छ ।

Share.

Leave A Reply