play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

प्रधानमन्त्री ओलीले आजै मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेपनि विस्तार आज नहुने

0

फागुन ९, प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेपनि मन्त्री मण्डलको विस्तार आज नहुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेपनि मन्त्री मण्डलको विस्तार आज नहुने भएको छ।केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि आजका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको हो।
एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहान वार्ता भएको थियो।आजै बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा प्रधानमन्त्री ओली थिए।तर मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै सकेन।संविधानले २५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ। तर, ओली–प्रचण्ड १८ को संख्यामा नबढाई मन्त्री मण्डल विस्तार गर्ने योजनामा छन्।अध्यक्षद्वयको बैठक मन्त्रालय र मन्त्रीको संख्या तय गर्न केन्द्रित भएको र त्यो संख्या टुङ्गिन नसकेको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश पोखरेलले बताए ।

Share.

Leave A Reply