play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रीय कार्यालयको बैठक स्थगित

0

फागुन ९, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको झण्डै तीन घण्टा लामो छलफलबाट पनि केन्द्र सरकारमा रहने मन्त्रालयको संख्या टुङ्गिन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालयको आजको बैठक स्थगित गरेका छन्।प्रधानमन्त्री ओलीसँग छलफल गरेर माओवादी केन्द्रले पाउने मन्त्रालयको बाँडफाँट आजै टुङ्ग्याउने र त्यसपछि केन्द्रीय कार्यालयको बैठक राखेर पार्टीको तर्फबाट सरकारमा पठाउने नेताको नाम तय गर्ने प्रचण्डको योजना थियो।
तर प्रधानमन्त्री निवास बालुवाटारमा विहान झण्डै तीन घण्टा भएको वार्तामा मन्त्रीको संख्या १८ भन्दा बढी नबनाउने सहमति भएपनि केन्द्र सरकारमा रहने मन्त्रालयको नाम र संख्या टुङ्ग्याउन दुबै नेता असफल भए।आज ३ बजेका लागि डाकिएको बैठक स्थगित भएको जानकारी केन्द्रीय कार्यालयका सदस्यहरुलाई गराउन अध्यक्ष प्रचण्डले अनुरोध गरेको कार्यालय सचिव प्रकाश पोखरेलले बताए उनले मन्त्रालयको संख्या नटुङ्गिएकाले बैठक स्थगित भएको बताए ।

Share.

Leave A Reply