play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

झुवानीलाई बालश्रम मुक्त घोषणा गरिने

0

फाल्गुन ९। रत्ननगर नगरपालिका वडा नं.५ झुवानी बालश्रम मुक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । वालश्रम घोषणा गर्नु पूर्व पुरा गर्नूपर्ने १६ वटा सुचक पुरा गरी वडालाई वालश्रम मुक्त घोषणा गर्ने अन्तिम तयारी गरिएको वडा अध्यक्ष कृष्ण महतोले जानकारी दिए । रत्ननगर नगरपालिकामा सञ्चालित वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत सो वडालाई वालश्रम मुक्त घोषणा गर्न लागिएको हो । नगरपालिकालाई वालश्रम मुक्त बनाउन सेवा प्रदायक संस्थाको रुपमा रत्ननगर उद्योग बाणिज्य संघले काम गरिरहेको छ । केही महिना अघि गरिएको सर्वेक्षणले सो वडामा ५ जना घरेलु बाल श्रमिक र २२ जनाको वालविवहा भएको देखाएको थियो । वडामा रहेका पाँच जना श्रमिक वालवालिकालाई परिवारमा पुर्नस्थापना गरिएको छ भने वालविवहा रोक्न जनचेतना अभियान सुरु गरिएको वडा अध्यक्ष महतोले जानकारी दिए । बुधवार झुवानीमा आयोजित वालश्रम न्यूनीकरण सम्बन्धी वडा स्तरीय अन्र्तक्रिया कार्यक्रममा वडा अध्यक्ष महतोले स्वास्थ्यको हिसाबले वडा भित्रका सबै वालवावालिकले सबै प्रकारको खोप पाएको र शिक्षाको हिसाबले सबै वालवालिका विद्यालय गएको अबस्था रहेको बताए । दुई,तीन वडा चेतना मुलक कार्यक्रम गरेपछि वडालाई वालश्रम मुक्त वडा घोषणा गरिने उनले जानकारी दिए ।
सम्भवत बैशाख भित्र सो वडालाई वालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । बैशाखमा सो वडा वालमैत्री घोषणा भए पहिलो वालश्रम मुक्त वडा हुने छ । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले रत्ननगरलाई वालश्रम मुक्त तथा वालमैत्री नगर बनाउन श्रमिक वालवालिकालाई पुर्नस्थापना,उनीहरुलाई शिक्षा,परिवारको आयआर्जनको लागि कार्यक्रम गरिएको बताए । वालश्रम न्यूनीकरणको क्षेत्रमा उद्योग बाणिज्य संघले अपेक्षाकृत काम गरिरहेको भन्दै अध्यक्ष रेग्मीले नगरपालिकाको लक्ष्य अनुसारनै दुई बर्ष भित्र नगरलाई वालमैत्री घोषणा गरिने बताए । कार्यक्रममा वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमकी जनसम्पर्क अधिकृत मीना खनालले वालश्रम न्यूनीकरणको लागि गरिएका काम र पुरा गर्नुपर्ने सुचकको बारेमा सहजीकरण गरेकी थिईन । वडा अध्यक्ष कृष्ण महतो प्रमुख अतिथि तथा संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रम सामाजिक परिचालक लक्ष्मी पौडेलले संचालन गरेकी थिईन ।

Share.

Leave A Reply