play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

माडीका अस्पतालहरु अक्सिजन सिलिन्डर विहिन हुदा बिरामिहरु समस्यामा

0

फागुन ९, माडीका अस्पतालहरुमा अक्सिजन सिलिन्डर विहिन हुदा बिरामिहरु समस्यामा परेका छन् माडीमा बि.स. २०५० मा स्थापित बघौडा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिन्डर विहिन रहेका छन्।माडीको बसन्तपुरमा रहेको १५ सैयाको बघौडा अस्पतालमा समेत अक्सिजन सिलिन्डर विहिन रहदै आएको छ । अक्सिजन सिलिन्डरको विकल्पमा अर्को मेसिनबाट काम चलाएको तर खासै प्रभावकारी नभएको बघौडा अस्पताल प्रमुख डा सुजन भुसालले बताउनु भयो। दुर्घटनाका बिरामि, दम, निमोनिया आदिका बिरामिका लागि अति आवश्यक अक्सिजन सिलिन्डर नहुदा माडीमा उपचारका लागी समेत समस्या परेको विश्वास फार्मेसीका गोविन्द नेपालले जानाकारि दिनु भयो । मानिसको जिवन संग जोडिएको अक्सिजन सिलिन्डर विहिन रहदा बिरामि जोखिममा रहेका छन् ।

Share.

Leave A Reply