play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज अन्तराष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

0

फागुन ९, आज अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।यसै अवसरमा काठमाडौंमा पनि विभिन्न भाषा र संस्कृति झल्कने खालको प्रभातफेरी कार्यक्रमको आयोजना गरियो ।नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना गरिएको छ । नेपालमा हाल १ सय २३ वटा भाषालाई मातृभाषाको रुपमा लिइएको छ ।
ती सबै भाषाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीेले जानकारी दिए ।हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिएको हो

Share.

Leave A Reply